Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
NepalBeat

NepalBeat

नेपालबीट संवाददाता / सम्पादकीय समूह

कुल समाचार: १२३

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक, सुशासन तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

NepalBeat का प्रकाशित समाचारहरू
शारदीय नवरात्रः आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजा आराधना
Breaking News -1

शारदीय नवरात्रः आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजा आराधना

काठमाडौँ –  शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ । वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरीको पूजा गर्ने चलन छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो । […]

आइतबार, १३ भदौ २०८३
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
Banner News -1

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

काठमाडौँ – दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यसपर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन। विशेषगरी माइती र मावलीबीचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने र […]

आइतबार, १३ भदौ २०८३
घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम
Banner News -2

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला –  घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र न्यौपाने प्रथम हुनुभएको छ । स्थानीय चन्दननाथ नगरपालिकाको आयोजना तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयको सह–आयोजना र कर्णाली कला तथा संस्कृति संरक्षण मञ्च जुम्लाको समन्वयमा घोडा दौड प्रतियोगिता भएको हो । यस वर्ष २४ प्रतिस्पर्धी रहेको सो प्रतियोगितामा दिलीप बोहोरा दास्रो र अर्जुन […]

आइतबार, १३ भदौ २०८३
लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग
Breaking News -2

लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग

नवलपुर –  दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–२ को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिङ्गे पिङ राख्नका लागि आर्थिक सहयोग गर्ने भएको हो । नगरपालिकाले अन्य वडालाई पनि सोही अनुसारको सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । वडाध्यक्ष प्रकाश सापकोटाले लोप हुन […]

आइतबार, १३ भदौ २०८३
दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त
Breaking News -3

दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त

बाजुरा – दसैँ सुरु भएसँगै बाजुराको सदरमुकामसहित विभिन्न बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ । विभिन्न कामकाजका लागि बाहिरिएका गाउँ फर्कने तथा दसैँका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार आउन थालेपछि चहलपहल झन् बढ्न थालेको हो । विशेषगरी सदरमुकाम मार्तडीसहित कोल्टी, बाम्का, पिलुचौर, बेतालमाण्डौ, धुलाचौरलगायत जिल्लाका विभिन्न बजारमा व्यापारिक गतिविधि बढेको छ । […]

आइतबार, १३ भदौ २०८३
याङवरक पोखरी पर्यटकको आकर्षण
Banner News -2

याङवरक पोखरी पर्यटकको आकर्षण

पाँचथर –  जिल्लाको याङवरक गाउँपालिका–४ जोरधारामा रहेको याङवरक पोखरीमा पूर्वाधार निर्माण गर्ने कार्य पाँच वर्षमा सम्पन्न भएको छ । पूर्वाधार निर्माण भएसँगै यो पोखरी आन्तरिक पर्यटकको आकर्षणमा परेको छ । धार्मिक र ऐतिहासिक महत्व बोकेको पोखरीमा रु छ करोड ४४ लाख २४ हजारको लागतमा पर्यटकीय पूर्वाधार निर्माण भएका हुन । विगतमा रुखविरुवा, बोझो, जलकुम्भी झार, […]

आइतबार, १३ भदौ २०८३
भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै
Breaking News -1

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रस सहकार्य , तत्काल एक लाख रुपैयाँ प्रदान गरिँदै

काठमाडौँ –  नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोग लगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ । सोसाइटीले बाढीको खोज उद्धार पश्चात नगद सहित प्रतिकार्यका थप विभिन्न कार्यक्रम अगाडि बढाएको हो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी०को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ हालै बाढी प्रभावित क्षेत्रको […]

आइतबार, १३ भदौ २०८३
सुरजको ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक
Banner News -1

सुरजको ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार सुरज पण्डित र गायिका शान्तिश्री परियारको युगल स्वरमा नयाँ गीत ‘हाम्रो त घरै टाढा छ’ सार्वजनिक भएको छ । मौलिक गाउँले प्रेमकथा, ग्रामीण जनजीवन र सोल्टासोल्टिनीबीचको मायालु संवादलाई समेटेर तयार पारिएको गीतले दूरीका बाबजुद गहिरिँदै जाने प्रेमको भाव प्रस्तुत गरेको छ। गीतमा प्रेममा परेका दुई मनबीचको आत्मीयता, एकअर्काप्रतिको सम्झना र […]

आइतबार, १३ भदौ २०८३
पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
Breaking News -3

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौँ । नदीले सडक कटान गर्दा गलौँदीमा भासिएर अवरुद्ध पृथ्वी राजमार्ग आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका ५ गलौदीमा सडक भासिएपछि दशैँमा घर हिँडेकाहरु र यो राजमार्ग हुँदै जानेहरु जान पाएका थिएनन्। नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ः१० देखि सडक दुईतर्फी सञ्चालनमा आएको हो । भासिएको ठाउँमा माथि कटान गरेर सडक सञ्चालनमा […]

आइतबार, १३ भदौ २०८३
बुढीगण्डकी बाढीले ७२ घरसहित १३२ संरचनामा क्षति
Banner News -1

बुढीगण्डकी बाढीले ७२ घरसहित १३२ संरचनामा क्षति

काठमाडौँ । बुढीगण्डकी बाढीबाट पाँच जना सम्पर्कविहीन बनेका छन् भने १३२ वटा भौतिक संरचनामा क्षति पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आइतबार साँझ ६ बजेसम्म १३२ संरचना क्षति पुगेको विवरण प्राप्त भएको छ। बाढीले दुई वटा पक्की पुल, दुई वटा झोलुंगे पुल, तीन वटा जलविद्युत् आयोजना र चार वटा हवन कुण्डमा […]

आइतबार, १३ भदौ २०८३