एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल सुरु भएको छ ।
जारी प्रतियोगितामा लुम्बिनी अपराजित छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले चार खेलमध्ये तीनमा जित र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । सात अङ्कसहित लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ । आजको खेल जित्दै आफ्नो अपराजित यात्रा कायम राख्ने उसको लक्ष्य छ ।
तालिकाको चौथो स्थानमा रहेको काठमाण्डु पनि राम्रो लयमा छ । तीन खेल खेलेको काठमाण्डुले दुईमा जित र एकमा हार बेहोरेको छ । पछिल्ला दुई खेलमा लगातार जित निकालेको काठमाण्डु आज पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।
आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तेस्रो संस्करणमा आठ टोली सहभागी छन् ।
NepalBeat
नेपालबीट संवाददातानेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।