Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

NepalBeat
NepalBeat २१ घण्टा अगाडि

काठमाडौँ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार जनाको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

बागचन्दबाहेक अन्य तीन जना उच्च अदालतका मुख्य न्यायाधीश हुन् । उनीहरूको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गरिएको थियो ।

न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

NepalBeat

NepalBeat

नेपालबीट संवाददाता
लेखकका सबै समाचार

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *