समाज
सङ्कटमा मादल बनाउने पेसा
ओखलढुङ्गा – मादल बनाउने कालीगढको अभावमा यहाँको स्थानी बजारमा नयाँ मादल पाउननै मुस्किल परेको छ । कुनै समय तिहारमा मादल बनाउने कालीगढको काम भ्याइनभ्याइ हुन्थ्यो । नयाँ मादल किन्न र पुराना मादल मर्मत गर्न । आजकाल दक्ष कालीगढले मादल बनाउननै छोडेपछि बजारमा मादल पाउन मुस्किल पर्दै गएको हो मादल बनाउन चाहिने छाला र काठ पाउन […]
भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता
भक्तपुर – जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् । भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको बताइन्। यसअघि आधा मात्रै […]
बारीभरि सयपत्री, किसानको मनमा बजारको चिन्ता
दमौली – तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेँलपुर बनेका छन्। ढकमक्क फुलेका फूलले बारीको शोभा बढाए पनि किसानको मनमा भने बजारको चिन्ता छ। तिहार आउनुअगावै फूल फक्रिएपछि बिक्री हुने हो कि होइन भन्ने अन्योल बढेको छ। तिहारमा सयपत्रीको माग उच्च हुने भएकाले किसानले चाडपर्वलाई लक्षित गरेर खेती गरेका थिए। तर, यस वर्ष […]
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
कास्की – पोखरा महानगरपालिका–१३ का कृषक शुक्रराज तिमिल्सिनाले यस वर्ष तिहारलाई लक्षित गरी दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । गणेश कृषि फार्मका सञ्चालक तिमिल्सिनाले पशुपालन र तरकारी खेतीसँगै तीन वर्षदेखि फूल खेतीलाई व्यावसायिक रूपमा अघि बढाएका हुन् । गत वर्ष एक रोपनी जमिनमा सयपत्री फूल खेती गरेर राम्रो आम्दानी भएपछि उनले यस वर्ष […]
अविरल वर्षाले अस्तव्यस्त जनजीवन, कहाँ कस्तो छ अवस्था ?
काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित बनेको हो। बिहानैदेखि आकाश धुम्मिनुका साथै निरन्तर वर्षा हुँदा सर्वसाधारणको दैनिक गतिविधिमा असर परेको छ । वर्षाका कारण सडकमा सवारीसाधनको चाप र आवतजावतमा समेत प्रभाव परेको छ। विशेषगरी पैदलयात्रु, साइकल […]
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
काठमाडौँ – बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या […]
गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु
काठमाडौँ । सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु भएको छ । उक्त अस्पतालबाट गाउँपालिकाभित्रका अतिरिक्त रामेछाप र ओखलढुङ्गाको सुनकोशी क्षेत्रका बिरामीलाई आधारभूत तथा आकस्मिक स्वाथ्य सेवा उपलब्ध हुँदै आएको छ । अस्पतालमा उक्त सेवा सुरु भएसँगै त्यस क्षेत्रको मध्यपहाडी राजमार्ग र सुनकोशी गड्तिर क्षेत्रमा हुने प्राकृतिक विपद् तथा आकस्मिक दुर्घटनाका घटनापछि शव […]
जेनजी आन्दोलनका थुनुवालाई रिहा गर्न सिफारिस
काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्थाबारे अध्ययन गरी नीतिगत तथा कानुनी सुझावसहित प्रतिवेदन समितिमा बुझाएको छ। बुधबार बुझाइएको प्रतिवेदनमा २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिहरूमध्ये गम्भीर अपराधमा संलग्न बाहेक अन्यको मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न सिफारिस गरेको छ। उपसमितिले […]
मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
लमजुङ । ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली । वरिपरि हरियाली पहाड र शान्त वातावरण । लमजुङको क्व्होलासोथार गाउँपालिका–५ स्थित सिङ्दी गाउँ पुग्दा देखिने यिनै दृश्यले यहाँको मौलिक पहिचान झल्काउँछ । प्रकृति, संस्कृति र परम्परागत जीवनशैलीको सङ्गम सिङ्दी पछिल्लो समय ग्रामीण पर्यटनको गन्तव्यका रूपमा विकास हुँदै गएको छ । विगतमा […]
कर्णालीका रेशम नेप्किङको ‘पान मिठो कलकत्ताको’ सार्वजनिक
काठमाडौँ । कर्णालीको माटोबाट कला क्षेत्रमा आफ्नो सपना बोकेर काठमाडौँ पुगेका गायक तथा मोडल रेशम नेप्किङ अहिले आफ्नो निरन्तरको मेहनत, संघर्ष र सिर्जनात्मक यात्राका कारण चर्चामा छन्। उनकै अभिनय तथा स्वर रहेको बहुप्रतीक्षित म्युजिक भिडियो ‘पान मिठो कलकत्ताको’ सार्वजनिक भएको छ। कर्णालीदेखि काठमाडौँसम्मको यात्रामा विभिन्न चुनौती पार गर्दै कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका रेशम […]
