Nepal Beat
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

कर्णालीका रेशम नेप्किङको ‘पान मिठो कलकत्ताको’ सार्वजनिक

सम्पादकीय टिम २ घण्टा अगाडि

काठमाडौँ  ।  कर्णालीको माटोबाट कला क्षेत्रमा आफ्नो सपना बोकेर काठमाडौँ पुगेका गायक तथा मोडल रेशम नेप्किङ अहिले आफ्नो निरन्तरको मेहनत, संघर्ष र सिर्जनात्मक यात्राका कारण चर्चामा छन्। उनकै अभिनय तथा स्वर रहेको बहुप्रतीक्षित म्युजिक भिडियो ‘पान मिठो कलकत्ताको’ सार्वजनिक भएको छ।

कर्णालीदेखि काठमाडौँसम्मको यात्रामा विभिन्न चुनौती पार गर्दै कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका रेशम नेप्किङका लागि ‘पान मिठो aकलकत्ताको’ महत्वपूर्ण प्रस्तुति बनेको छ। भिडियोमा चर्चित नायक पल शाह र रेशम नेप्किङको आकर्षक अभिनय रहेको छ।

भिडियोमा प्रमिता राजघताने र करुणा तामाङको समेत अभिनय रहेको छ। पल शाह र रेशम नेप्किङको अभिनयलाई भिडियोमा विशेष रूपमा प्रस्तुत गरिएको छ।

गीतमा रेशम नेप्किङ र शान्तारानी परियारको सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा संगीत सङ्गम पौडेलको रहेको छ भने भिडियोको निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानले गरेका छन्।

भिडियोको सम्पादन तथा रङ संयोजन मिलन विश्वकर्मा, ध्वनि संयोजन एचबीएन किस्मत तथा पोशाक डिजाइन भ्यालेन्टियोको रहेको छ।

कर्णालीदेखि काठमाडौँसम्मको यात्रालाई निरन्तरता दिँदै गायन, अभिनय तथा मोडलिङमा सक्रिय रेशम नेप्किङको ‘पान मिठो कलकत्ताको’ भिडियो Resham Nepking Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

रेशम नेप्किङले आफ्नो यो नयाँ प्रस्तुतिलाई दर्शक तथा श्रोताहरूले माया, साथ र सकारात्मक प्रतिक्रियाका साथ हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

सम्पादकीय टिम

नेपालबिट सम्पादकीय टोली

नेपालबिटको आधिकारिक सम्पादकीय दृष्टिकोण र संस्थागत टिप्पणी।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *