प्रदेश
एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा
काठमाडौँ – नेपाल प्रिमियर लिग ९एनपिएल० खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा अन्तरराष्ट्रियस्तरमा बढाएको छ । प्रतियोगिताले नेपाली क्रिकेटको प्रचारसँगै विदेशी खेलाडीको नेपाल आगमन र उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका सामग्रीमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने विश्वास […]
तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन
काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ । थापाथलीस्थित कम्पनीको कार्यालय परिसरमा आजदेखि सुरु भएको मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्घाटन गरे। मेला यही कात्तिक २३ गतेसम्म सञ्चालन हुने कम्पनीका प्रवक्ता माधव मिश्रले जानकारी दिए । उनका अनुसार […]
परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री
काभ्रे – तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन्। पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त छन्। परदेशमा १७ वर्ष बिताएर फर्किनुभएका उहाँले पाँच रोपनीबाट सुरु गर्नुभएको फूलखेती अहिले १४ रोपनीमा विस्तार भएको छ। ९ वर्षअघि स्वदेश फर्किएका […]
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यले ‘लाइभ फिड’ सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यात्रु आगमन कक्षमा लगेज संकलन क्षेत्रमा लाइभ फिड सुरु गरिएको हो । यो सेवाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष […]
सङ्कटमा मादल बनाउने पेसा
ओखलढुङ्गा – मादल बनाउने कालीगढको अभावमा यहाँको स्थानी बजारमा नयाँ मादल पाउननै मुस्किल परेको छ । कुनै समय तिहारमा मादल बनाउने कालीगढको काम भ्याइनभ्याइ हुन्थ्यो । नयाँ मादल किन्न र पुराना मादल मर्मत गर्न । आजकाल दक्ष कालीगढले मादल बनाउननै छोडेपछि बजारमा मादल पाउन मुस्किल पर्दै गएको हो मादल बनाउन चाहिने छाला र काठ पाउन […]
दैलेख प्रमुख जिल्ला अधिकारी (प्रजिअ)विहीन
दैलेख – दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारी विहीन भएको झन्डै एक महिना पुगेको छ । दसैँ सकिएर तिहार नजिकिँदै गर्दासमेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ । जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएको छ । तत्कालीन […]
प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञको सुझाव
काठमाडौँ – नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जल उत्पन्न विपद्, हिमनदी र ताल विस्फोटन बाढी तथा शृङ्खलाबद्ध जोखिमलाई सम्बोधन गर्न प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञहरुले सुझाव दिएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रद्वारा आयोजित ‘जलविज्ञानको प्रगति, उदीयमान चुनौती, नवप्रवर्तन र भावी दिशा’ विषयक उच्चस्तरीय विज्ञ […]
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
रसुवा – रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा । तीन वर्ष मलेसियामा बिताएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुर्ख्यौली पेसालाई व्यावसायिक बनाउने […]
च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम
डडेल्धुरा – वैदेशिक रोजगारीका लागि विदेश पुगेका धेरै युवा स्वदेश फर्किएपछि फेरि रोजगारीको खोजीमा भौँतारिने गरेका छन् । तर डडेल्धुराका एक किसानले भने विदेश जाने क्रममा सिकेको सीपलाई गाउँमै प्रयोग गरेर व्यावसायिक च्याउ खेतीबाट आम्दानी गर्न सफल भएका छन् । गन्यापधुरा गाउँपालिका-१ रुवाखोला ९असिग्राम०का अन्तराम जोशी अहिले आफ्नै गाउँमा सिताके र कन्या च्याउको व्यावसायिक खेतीमा […]
बारीभरि सयपत्री, किसानको मनमा बजारको चिन्ता
दमौली – तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेँलपुर बनेका छन्। ढकमक्क फुलेका फूलले बारीको शोभा बढाए पनि किसानको मनमा भने बजारको चिन्ता छ। तिहार आउनुअगावै फूल फक्रिएपछि बिक्री हुने हो कि होइन भन्ने अन्योल बढेको छ। तिहारमा सयपत्रीको माग उच्च हुने भएकाले किसानले चाडपर्वलाई लक्षित गरेर खेती गरेका थिए। तर, यस वर्ष […]
