प्रदेश
बाढीले करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध
काठमाडौँ । यही असोज ८ गतेदेखि शुरु भएको न्युनचापिय मनसुनका कारण देशैभर भएको अविरल वर्षा र बाढीको कारण विभिन्न प्रसारण लाइनमा क्षति पुगेको छ । मनसुनका कारण प्रसारण लाइन मार्फत प्रवाह हुने विद्युत् उत्पादन केन्द्रको विद्युत् उत्पादन प्रभावित हुन पुगेको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार नदीमा आएको बाढी तथा अत्यधिक बहावका कारण गण्डकी प्रदेशका […]
सिमलतालमा त्रिशूलीको कटानले सडक भासियो
चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा आज बिहान त्रिशूली नदीको कटानका कारण सडकको एक भाग भासिएर सडक अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरका अनुसार त्रिशूली नदीको तीव्र बहावले सडकको लगभग आधा भाग काटेर बगाएको छ । जसका कारण सो स्थानमा सडक एकतर्फी रुपमा अवरुद्ध भएको हो । डिभिजनले सूचना जारी गरि सडक भासिएको […]
नारायणीमा जलसतह खतराको तहभन्दा माथि
चितवन । भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको छ । जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । त्यस्तै, चितवनको बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४ दशमलव ६२ मिटर पुगेको छ । रिउ खोलामा ३ दशमलव ४० मिटर चेतावनी तह र ३ दशमलव ८० मिटर खतराको […]
तत्काल किसानलाई धान नकाट्न मौसम विभागको आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ। देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले विशेष शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद् रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च शतर्कता अपनाउन […]
वडाध्यक्ष बिष्टले किन छाडे एमाले ? यस्तो छ कारण
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडा अध्यक्ष बिनोदसिंह बिष्टले एमालेसँगको २६ वर्ष लामो राजनीतिक यात्रा टुंग्याउँदै पार्टीबाट अलग भएको घोषणा गरेका छन्। एमालेबाट निर्वाचित वडा अध्यक्ष बिष्टले पार्टी नेतृत्व जनमुखी हुन नसकेको, नेतृत्व हस्तान्तरण नगरेको र नयाँ जनमतलाई कदर नगरेको आरोप लगाएका छन् । जनप्रतिनिधिका रूपमा काम गरिरहेको अवस्थामा आफ्नै पार्टी नेतृत्वबाट असहयोग हुने गरेको […]
कांग्रेसको क्षेत्रीय अधिवेशन गर्ने समय थप
काठमाडौँ । नेपाली कांग्रेसले क्षेत्रीय अधिवेशनका लागि १० गतेदेखि १३ गतेसम्म गर्ने गरी कार्यतालिकामा संशोधन गरेको छ। कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत निर्धारित समयमा वडा र पालिका अधिवेशन सम्पन्न नभएपछि प्रदेश(प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको समय तीन दिन थपेको हो। ‘क्षेत्रीय अधिवेशनका तीन दिनको समय दिने निर्णय भएको छ,’ कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले भने, ‘मौसम […]
