प्रदेश
अनुपम फुडल्याण्डका सञ्चालक पौडेल पक्राउ
काठमाडौँ । अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेल पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पौडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । पौडेल पक्राउ पर्नुको कारणबारे प्रहरीले औपचारिक रूपमा केही बताएको छैन । यद्यपि, उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा म्याद […]
राष्ट्रिय आयुर्वेद अनुसन्धानको अध्यक्षमा घिमिरे नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अध्यक्षमा डा लक्ष्मी प्रसाद घिमिरेलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै घिमिरेलाई अध्यक्षमा नियुक्त गरेकी हुन्। उनी सिहंदरबार वैद्यखाना विकास समितिका सदस्य रहेका थिए। तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले २०८१ पुस १ गते वैद्यखानाको सदस्यमा नियुक्त गरेका थिए। डा घिमिरे […]
मनाङमा तत्काल अत्यावश्यक काम गरिने छ : मुख्यमन्त्री पाण्डे
मनाङ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङमा तत्काल अत्यावश्यक काम गर्ने बताएका छन्। आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी दिने क्रममा उनले सो धारणा राखेका हुन्। चामे पुगेका मुख्यमन्त्री पाण्डेले बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको […]
चार दिनको वर्षा : पाँच सय ४२ विपद्का घटना
काठमाडौँ । पछिल्लो भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटनामा परी २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडिआरआरएमए०का अनुसार असोज ८ देखि ११ गतेसम्मको अवधिमा भएका विपद्का घटनामा चार जना बेपत्ता र आठ जना घाइते भएका छन् । ती विपद्का घटनाबाट एक हजार ८२ परिवार प्रभावित भएका […]
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
कर्णाली । कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त भएका छन् । शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेसँग उनी प्रदेशसभा सदस्य पदबाट मुक्त भएका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शर्मालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो । नेकपाको निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोमबार सर्वोच्च अदालतका […]
मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
लमजुङ । ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली । वरिपरि हरियाली पहाड र शान्त वातावरण । लमजुङको क्व्होलासोथार गाउँपालिका–५ स्थित सिङ्दी गाउँ पुग्दा देखिने यिनै दृश्यले यहाँको मौलिक पहिचान झल्काउँछ । प्रकृति, संस्कृति र परम्परागत जीवनशैलीको सङ्गम सिङ्दी पछिल्लो समय ग्रामीण पर्यटनको गन्तव्यका रूपमा विकास हुँदै गएको छ । विगतमा […]
कर्णालीका रेशम नेप्किङको ‘पान मिठो कलकत्ताको’ सार्वजनिक
काठमाडौँ । कर्णालीको माटोबाट कला क्षेत्रमा आफ्नो सपना बोकेर काठमाडौँ पुगेका गायक तथा मोडल रेशम नेप्किङ अहिले आफ्नो निरन्तरको मेहनत, संघर्ष र सिर्जनात्मक यात्राका कारण चर्चामा छन्। उनकै अभिनय तथा स्वर रहेको बहुप्रतीक्षित म्युजिक भिडियो ‘पान मिठो कलकत्ताको’ सार्वजनिक भएको छ। कर्णालीदेखि काठमाडौँसम्मको यात्रामा विभिन्न चुनौती पार गर्दै कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका रेशम […]
भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
कर्णाली । यही असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाले सुर्खेत–दैलेख–कालीकोट–बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्गअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, […]
बाँकेमा हुरीले धानबालीमा क्षति
बाँके । लगातारको वर्षासँगै शनिबारको हुरीले यहाँको धानबालीमा क्षति भएको छ । नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ । डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ । कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिँदै ३३ […]
कमजोर बन्दै न्यून चापीय प्रणाली
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ । अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव विस्तारै कमजोर बन्दै जाने क्रममा रहेकाले जोखिम पनि घट्दै गइरहेको छ । यही असोज ९ गतेदेखि लगातार वर्षा हुँदा यहाँको जनजीवन प्रभावित भए पनि ठूलो […]
