Nepal Beat
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

सिमलतालमा त्रिशूलीको कटानले सडक भासियो

NepalBeat
NepalBeat १२ घण्टा अगाडि

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा आज बिहान त्रिशूली नदीको कटानका कारण सडकको एक भाग भासिएर सडक अवरुद्ध बनेको छ ।

​सडक डिभिजन भरतपुरका अनुसार त्रिशूली नदीको तीव्र बहावले सडकको लगभग आधा भाग काटेर बगाएको छ ।

जसका कारण सो स्थानमा सडक एकतर्फी रुपमा अवरुद्ध भएको हो ।

​डिभिजनले सूचना जारी गरि सडक भासिएको खबर प्राप्त हुनासाथ डिभिजनको टोली घटनास्थलतर्फ पठाइएको छ र सडक मर्मतको कार्य सुरु भइसकेको जनाएको छ ।

सडक पूर्ण रुपमा सुचारु हुन केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।

NepalBeat

NepalBeat

नेपालबिट संवाददाता / स्तम्भकार
लेखकका सबै समाचार

नेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *