Nepal Beat
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

जेनजी आन्दोलनका थुनुवालाई रिहा गर्न सिफारिस

NepalBeat
NepalBeat ४ घण्टा अगाडि

काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्थाबारे अध्ययन गरी नीतिगत तथा कानुनी सुझावसहित प्रतिवेदन समितिमा बुझाएको छ।

बुधबार बुझाइएको प्रतिवेदनमा २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिहरूमध्ये गम्भीर अपराधमा संलग्न बाहेक अन्यको मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न सिफारिस गरेको छ।

उपसमितिले कारागार तथा हिरासतको समग्र अवस्था अध्ययन गरी सुधारका लागि विभिन्न नीतिगत र कानुनी सुझावसमेत प्रस्तुत गरेको जनाएको छ।

उपसमितिको सिफारिसमाथि अब मूल समितिमा छलफल हुनेछ। छलफलपछि सरकारलाई आवश्यक निर्देशन दिने वा नदिनेबारे समितिले निर्णय गर्नेछ।

NepalBeat

NepalBeat

नेपालबिट संवाददाता / स्तम्भकार
लेखकका सबै समाचार

नेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *