अविरल वर्षाले अस्तव्यस्त जनजीवन, कहाँ कस्तो छ अवस्था ?
काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित बनेको हो।
बिहानैदेखि आकाश धुम्मिनुका साथै निरन्तर वर्षा हुँदा सर्वसाधारणको दैनिक गतिविधिमा असर परेको छ । वर्षाका कारण सडकमा सवारीसाधनको चाप र आवतजावतमा समेत प्रभाव परेको छ।
विशेषगरी पैदलयात्रु, साइकल तथा दुईपाङ्ग्रे सवारीसाधन प्रयोग गर्नेहरू बढी प्रभावित भएका छन्। चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा बदली, वर्षा तथा उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ। वर्षाका कारण बाहिरी काम तथा आवतजावतमा समस्या भएपछि जनजीवनसमेत प्रभावित बनेको छ ।

NepalBeat
नेपालबीट संवाददातानेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।