नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सहज वातावरण निर्माण गरिने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले यसका लागि आवश्यक नियम, वातावरण सबै पुनरावलोकन गरिने उल्लेख गरे । उनले नेपालमा गेमिङ एप बनाएर […]
अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति
बनेपा – अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ । आज बिहान लेदोमाटो बगेर स्थानीय शेरबहादुर तामाङको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको एकतले घर पुरिएको हो । घरको जस्ता मात्र देखिने गरी लेदो माटोले पुरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं […]
त्रिविविमा जनशक्ति विकास कार्यक्रम
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट विश्वविद्यालयका ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन र सेवा प्रवेश तालिम प्रदान गरिनेछ । त्रिविवि समन्वय महाशाखाद्वारा शुक्रबार आयोजित जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले नौ वटा शीर्षकमा तालिम […]
पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध
काठमाडौँ – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा माथिबाट पहिरो खस्दा दुवैतर्फको आवागमन पूर्ण रूपमा बन्द भएको छ । त्यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो आएपछि बीपी राजमार्ग पूर्ण […]
मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर बन्दै
मुगु – मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८:४५ बजेदेखि २४ घण्टाको अवधिमा मुगुमा ३९।८ मिलिमिटर वर्षा भएको छ । आज बिहान ८स्४५ बजेसम्म गमगढी बजारको अधिकतम तापक्रम ९।२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस मापन […]
पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
बाँके – वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन् । धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हावाहुरी र पानीले धान ढाल्ने चिन्ता छ । धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुने भएकाले अहिले […]
विपद्बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान
म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन् । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् । पाउद्वारका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खानेपानी, पदमार्ग र विद्युत् मर्मतका […]
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
चितवन – दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सो समयमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना विदेशी तथा ८३१ जना […]
फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित
कञ्चनपुर – तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् । विगतमा फूलको बजार नपाउँदा बारीमै फूल कुहिने समस्या भोगेका यहाँका पुष्प व्यवसायीले यस वर्ष तिहारअघि नै माग आउन थालेपछि राहत महसुस गरेका छन् । सात वर्षदेखि पुष्प व्यवसाय गर्दै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का सिर्जना जोशीले विगतका वर्षमा […]
कैलालीमा चार महिनादेखि काठ बिक्रीवितरण ठप्प
सुदूरपश्चिम – कैलालीमा चार महिनादेखि वन पैदावार बिक्रीवितरण ठप्प छ । केही सामुदायिक वनमा योजनाभन्दा बढी रुख कटान गरी कारोबार गर्न लागेको भन्दै उजुरी परेपछि प्रदेश सरकारले गत असार ९ गतेदेखि काठ बिक्रीवितरणमा रोक लगाएको थियो । लामो समयसम्म कारोबार रोकिँदा वन पैदावार व्यवसायी, उपभोक्ता र सरकारको राजस्वसमेत प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेशसभा, अर्थ […]
