प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञको सुझाव
काठमाडौँ – नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जल उत्पन्न विपद्, हिमनदी र ताल विस्फोटन बाढी तथा शृङ्खलाबद्ध जोखिमलाई सम्बोधन गर्न प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञहरुले सुझाव दिएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रद्वारा आयोजित ‘जलविज्ञानको प्रगति, उदीयमान चुनौती, नवप्रवर्तन र भावी दिशा’ विषयक उच्चस्तरीय विज्ञ […]
भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता
भक्तपुर – जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् । भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको बताइन्। यसअघि आधा मात्रै […]
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन
काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० टी(२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् । प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने […]
प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १२ बजे हुने भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका उनी बुधबार यहाँ आइपुगेका थिए । विदेश सचिव मिश्रीले बुधबार नै परराष्ट्र […]
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
रसुवा – रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा । तीन वर्ष मलेसियामा बिताएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुर्ख्यौली पेसालाई व्यावसायिक बनाउने […]
च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम
डडेल्धुरा – वैदेशिक रोजगारीका लागि विदेश पुगेका धेरै युवा स्वदेश फर्किएपछि फेरि रोजगारीको खोजीमा भौँतारिने गरेका छन् । तर डडेल्धुराका एक किसानले भने विदेश जाने क्रममा सिकेको सीपलाई गाउँमै प्रयोग गरेर व्यावसायिक च्याउ खेतीबाट आम्दानी गर्न सफल भएका छन् । गन्यापधुरा गाउँपालिका-१ रुवाखोला ९असिग्राम०का अन्तराम जोशी अहिले आफ्नै गाउँमा सिताके र कन्या च्याउको व्यावसायिक खेतीमा […]
बारीभरि सयपत्री, किसानको मनमा बजारको चिन्ता
दमौली – तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेँलपुर बनेका छन्। ढकमक्क फुलेका फूलले बारीको शोभा बढाए पनि किसानको मनमा भने बजारको चिन्ता छ। तिहार आउनुअगावै फूल फक्रिएपछि बिक्री हुने हो कि होइन भन्ने अन्योल बढेको छ। तिहारमा सयपत्रीको माग उच्च हुने भएकाले किसानले चाडपर्वलाई लक्षित गरेर खेती गरेका थिए। तर, यस वर्ष […]
भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा
काठमाडौँ – भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिश्रीले आजै राईसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार छलफलमा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै आपसी हितका विषयमा विचार आदानप्रदान हुनेछ । भ्रमणले दुई देशबीचको घनिष्ठ […]
परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री
काभ्रे – तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त छन् । परदेशमा १७ वर्ष बिताएर फर्किएका उनले पाँच रोपनीबाट सुरु गरेका फूलखेती अहिले १४ रोपनीमा विस्तार भएको छ । नौ […]
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
कास्की – पोखरा महानगरपालिका–१३ का कृषक शुक्रराज तिमिल्सिनाले यस वर्ष तिहारलाई लक्षित गरी दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । गणेश कृषि फार्मका सञ्चालक तिमिल्सिनाले पशुपालन र तरकारी खेतीसँगै तीन वर्षदेखि फूल खेतीलाई व्यावसायिक रूपमा अघि बढाएका हुन् । गत वर्ष एक रोपनी जमिनमा सयपत्री फूल खेती गरेर राम्रो आम्दानी भएपछि उनले यस वर्ष […]
