मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान
भोजपुर – निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ। वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन्। धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा परेको बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित भएको थियो। अहिले किसान खेतमा धान काट्ने, मुठा बाँध्ने, सुकाउने र […]
विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण
म्याग्दी – म्याग्दी, पर्वत र बागलुङमा विपद् परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब रु १७ लाख राहत सहयोग गरिएको छ । पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन भएको रु १६ लाख ७४ हजार ३७५ सोमबार बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको हो […]
नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन
काठमाडौँ – नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ। पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरु उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले रहनुभएको छ भने सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहेका छन्। समितिले हालको […]
पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा
काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने) को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वीखण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । ‘सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि […]
पत्रकार पक्राउ प्रकरणमा विश्वप्रकाशको टिप्पणी, सरकारमाथि उठाए प्रश्न
काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकारको भूमिकाप्रति प्रश्न उठाएका छन्। पक्राउ परेका पत्रकार छुटिसके र कुरा सकियो भन्दैमा यस्तो किन गरियो, निर्देशन कसको थियो र जिम्मेवारी कसले लिने भन्ने मुख्य प्रश्नको जवाफ जरुरी रहेको उनले बताएका छन्। केही महिनाअघि सञ्चारगृह अगाडि मोटर राखेर आतङ्क सिर्जना गर्ने व्यक्तिको पहिचान […]
अविरल वर्षाले अस्तव्यस्त जनजीवन, कहाँ कस्तो छ अवस्था ?
काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित बनेको हो। बिहानैदेखि आकाश धुम्मिनुका साथै निरन्तर वर्षा हुँदा सर्वसाधारणको दैनिक गतिविधिमा असर परेको छ । वर्षाका कारण सडकमा सवारीसाधनको चाप र आवतजावतमा समेत प्रभाव परेको छ। विशेषगरी पैदलयात्रु, साइकल […]
नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने
काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन ९मेडिकल सर्भिस टुरिजम०प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी चाँडै काम अघि बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार […]
बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन
बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् । बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ […]
तीव्र गतिमा भरिँदै कुलेखानी जलाशय
काठमाडौँ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह निरन्तर बढिरहेको छ। पछिल्लो जानकारीअनुसार जलाशयको पानीको सतह बढेर १५२८.२५ मिटर पुगेको छ। जलाधार क्षेत्रमा भइरहेको निरन्तर भारी वर्षाका कारण जलाशयमा पानीको सतह बढ्ने क्रम जारी छ। जलाशयको सतह १५२८।५० मिटर पुगेपछि पहिलो सुरक्षा साइरन बजाइने भएको छ। हालको जलसतह र साइरन बजाउने तहबीच २५ सेन्टिमिटर […]
लोकसेवा तयारी गर्नेले छुटाउनै नहुने वस्तुगत प्रश्नहरू
१. तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल), २०२६ को आयोजना मिति कुन हो ? सन् २०२६ अक्टोबर २६–नोभेम्बर २१ – स्थान : अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुर – उद्घाटन : प्रधानमन्त्री वालेन्द्र शाहद्वारा । – सहभागी टोली : ८ – पहिलो खेल : लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स (लुम्बिनी लायन्स विजयी) – कुल खेल : […]
