हुम्ला–सुर्खेत सडक जीर्ण
हुम्ला – हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ । वर्षा होस् वा घाम, जुनसुकैबेला पहिरो खसिरहने भएकाले यात्रा गर्न कठिन भएको हो । सडकको दयनीय अवस्थाका कारण यात्रुले निरन्तर सास्ती भोग्नुपरेको छ । कर्णाली करिडोरको यो वास्तविकताले सडक निर्माण, स्तरोन्नति र व्यवस्थापनमा सरकारको भूमिकामाथि पुनःप्रश्न उब्जाएको छ । सर्केगाड गाउँपालिका–१, जैरका नवराज रावतले […]
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोखार्जले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ । काठमाण्डुको यो पहिलो खेल हो । ऊ जनकपुरलाई हराएर विजयी सुरुआत गर्ने लक्ष्यमा छ । उता जनकपुर पहिलो जितको खोजीमा छ । […]
लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि
कञ्चनपुर – कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक लालझाडी युवा क्लब ११ ले सोमबार पत्रकार सम्मेलन गर्दै दशौँ लालझाडी कप फुटबल प्रतियोगिता आगामी मङ्सिर ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । क्लबका अध्यक्ष काशीराम बोहराले प्रतियोगितामा पुरुषतर्फ पालिकास्तरीय फुटबल र महिलातर्फ […]
पहाडी संस्कृति जोगाउन बुटवलमा सराय नाच
बुटवल – पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको प्रतीक मानिने ऐतिहासिक सराय नाच बुटवलमा प्रदर्शन गरिएको छ । अर्घाखाँची, गुल्मी र पाल्पाबाट बसाइँसराइ गरी बुटवलमा बसोबास गर्दै आएका स्थानीयले गाउँघरको सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले सोमबार बुटवल उपमहानगरपालिका–देवीनगरस्थित वाणिज्य क्याम्पस परिसरमा बृहत् सराय नाच प्रदर्शन गरेका हुन् । ‘बुझौँ हामीले रीतिथिति, जोगाऔँ हाम्रो संस्कृति’ भन्ने […]
धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल
म्याग्दी – कर्मले नै परिचय दिन्छ। सत्कर्म गर्दै जाँदा त्यसबाट अपेक्षित फल प्राप्त हुन्छ। नामसँगै दाम पनि प्राप्त हुन्छ। यस्तै भएको छ म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जाका कृष्णलाल सापकोटालाई। जिल्लामा उनले नमुना किसानको पहिचान बनाएका छन्। बरञ्जाको महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सापकोटाले धानखेती हुने खेतमा कागतीखेती विस्तार गरेका छन्। सापकोटा सञ्चालक रहेको सापकोटा सुन्तला फार्ममार्फत १२ […]
एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए
कास्की – गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक रहेका छन्। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष दुई हजार ४१६ पर्यटक बढी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए। गत […]
गोली प्रहारले बलिउड अभिनेता टाइगर श्राफ पनि घाइते
काठमाडौँ – गोली प्रहार गरिएका तर बच्न सफल बलिउड अभिनेता टाइगर श्राफलाई घटनालगत्तै आइतबार राति महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले भेट गरेका छन्। गम्भीर घटना भन्दै उपमुख्यमन्त्री एकनाथ शिन्देले राज्य सरकार टाइगर श्राफको साथमा रहेको बताए। भेटपछि पत्रकारसँग कुरा गर्दै उपमुख्यमन्त्री एकनाथ शिन्देले भने, ‘टाइगर श्राफमाथि भएको गोली प्रहार गम्भीर घटना हो। उनी आक्रमणबाट बच्न सफल […]
दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक
दाङ – दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक छ। दसैँ नजिकिएसँगै जिल्लाका थारू बस्तीमा परम्परागत सख्या पैयाँ नाचको रौनक बढेको हो। दसैँ आउन दुई साता अगाडिदेखि सुरु गरेर बडादसैँ नसिकदासम्म सामूहिक रूपमा गाउँमा सख्या पैयाँ नाच्ने परम्परा रहेको छ। घोराही उपमहानगरपालिका–१७ ओखरामा गत असोज १२ गतेदेखि नै यो नाच सुरु भएको सोही […]
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
लमजुङ – हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातो माटोले घर पोतेको भेटिन्छ । विगतमा दसैँ नजिकिएसँगै रातो माटो र कमेरोले घर पोत्दा गाउँ बस्ती नै रङ्गिन र चहलपहलपूर्ण देखिन्थे परम्परागत शैलीमा घर पोत्ने चलन अहिले लगभग लोप भइसकेको छ । सिमेन्टले प्लास्टर गरिएका र आधुनिक रङ […]
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
काठमाडौँ – बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या […]
