Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा

NepalBeat
NepalBeat बुधबार, १३ भदौ २०८३

काठमाडौँ –  भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिश्रीले आजै राईसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार छलफलमा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै आपसी हितका विषयमा विचार आदानप्रदान हुनेछ । भ्रमणले दुई देशबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्चस्तरीय व्यक्तित्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

मिश्री भ्रमण सम्पन्न गरी बिहीबार कात्तिक १९ गते नयाँदिल्ली फर्कनेछन् ।

NepalBeat

NepalBeat

नेपालबीट संवाददाता
लेखकका सबै समाचार

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *