Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

NepalBeat
NepalBeat २२ मिनेट अगाडि

काठमाडौँ –  प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्दै छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १२ बजे हुने भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका उनी बुधबार यहाँ आइपुगेका थिए । विदेश सचिव मिश्रीले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राइसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए ।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी आजै काठमाडौंँबाट नयाँदिल्ली प्रस्थान गर्ने छन् ।

NepalBeat

NepalBeat

नेपालबीट संवाददाता
लेखकका सबै समाचार

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *