Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
गृहपृष्ठ / Breaking News -1
नेपालबीट विशेष बिट

Breaking News -1

समाचार सूची (News Archive View)
किसानको बाली जोगाउन प्रहरी खेतमा
Breaking News -1

किसानको बाली जोगाउन प्रहरी खेतमा

झापा – झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न जुटेका छन्। मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्रमा आइतबार हात्ती प्रभावित स्थान तथा सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसानको संयुक्त सहभागितामा धान काटिएको हो। यसअघि हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले […]

९ घण्टा अगाडि
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
Breaking News -1

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

काठमाडौँ –  नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग ९युएन इस्क्याप०को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै अघि बढ्नुपर्नेमा […]

मंगलबार, १३ भदौ २०८३
तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन
Breaking News -1

तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन

काठमाडौँ –  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ । थापाथलीस्थित कम्पनीको कार्यालय परिसरमा आजदेखि सुरु भएको मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्घाटन गरे। मेला यही कात्तिक २३ गतेसम्म सञ्चालन हुने कम्पनीका प्रवक्ता माधव मिश्रले जानकारी दिए । उनका अनुसार […]

मंगलबार, १३ भदौ २०८३
प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञको सुझाव
Breaking News -1

प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञको सुझाव

काठमाडौँ –  नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जल उत्पन्न विपद्, हिमनदी र ताल विस्फोटन बाढी तथा शृङ्खलाबद्ध जोखिमलाई सम्बोधन गर्न प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञहरुले सुझाव दिएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रद्वारा आयोजित ‘जलविज्ञानको प्रगति, उदीयमान चुनौती, नवप्रवर्तन र भावी दिशा’ विषयक उच्चस्तरीय विज्ञ […]

मंगलबार, १३ भदौ २०८३
प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै
Breaking News -1

प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

काठमाडौँ –  प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १२ बजे हुने भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका उनी बुधबार यहाँ आइपुगेका थिए । विदेश सचिव मिश्रीले बुधबार नै परराष्ट्र […]

मंगलबार, १३ भदौ २०८३
परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री
Breaking News -1

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

काभ्रे –  तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त छन् । परदेशमा १७ वर्ष बिताएर फर्किएका उनले पाँच रोपनीबाट सुरु गरेका फूलखेती अहिले १४ रोपनीमा विस्तार भएको छ । नौ […]

मंगलबार, १३ भदौ २०८३
विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण
Breaking News -1

विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण

म्याग्दी –  म्याग्दी, पर्वत र बागलुङमा विपद् परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब रु १७ लाख राहत सहयोग गरिएको छ । पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन भएको रु १६ लाख ७४ हजार ३७५ सोमबार बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको हो […]

मंगलबार, १३ भदौ २०८३
तीव्र गतिमा भरिँदै कुलेखानी जलाशय
Breaking News -1

तीव्र गतिमा भरिँदै कुलेखानी जलाशय

काठमाडौँ –  मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह निरन्तर बढिरहेको छ। पछिल्लो जानकारीअनुसार जलाशयको पानीको सतह बढेर १५२८.२५ मिटर पुगेको छ। जलाधार क्षेत्रमा भइरहेको निरन्तर भारी वर्षाका कारण जलाशयमा पानीको सतह बढ्ने क्रम जारी छ। जलाशयको सतह १५२८।५० मिटर पुगेपछि पहिलो सुरक्षा साइरन बजाइने भएको छ। हालको जलसतह र साइरन बजाउने तहबीच २५ सेन्टिमिटर […]

मंगलबार, १३ भदौ २०८३
मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर बन्दै
Breaking News -1

मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर बन्दै

मुगु –  मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८:४५ बजेदेखि २४ घण्टाको अवधिमा मुगुमा ३९।८ मिलिमिटर वर्षा भएको छ । आज बिहान ८स्४५ बजेसम्म गमगढी बजारको अधिकतम तापक्रम ९।२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस मापन […]

मंगलबार, १३ भदौ २०८३
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
Breaking News -1

दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन –  दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सो समयमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना विदेशी तथा ८३१ जना […]

मंगलबार, १३ भदौ २०८३