Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

त्रिविविमा जनशक्ति विकास कार्यक्रम

NepalBeat
NepalBeat शनिबार, १३ भदौ २०८३

काठमाडौँ –  त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट विश्वविद्यालयका ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन र सेवा प्रवेश तालिम प्रदान गरिनेछ ।

त्रिविवि समन्वय महाशाखाद्वारा शुक्रबार आयोजित जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले नौ वटा शीर्षकमा तालिम सञ्चालन गर्ने कार्यक्रम तथा बजेट पारित गरेको हो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा।अञ्जना सिंहको अध्यक्षतामा भएको बैठकले विश्वविद्यालय सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई सङ्गठनात्मक संरचना, कार्यप्रणाली, आचारसंहिता, अधिकार र कर्तव्यबारे अभिमुखीकरण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, नेतृत्व तहका पदाधिकारी, क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास गर्ने र कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि प्रणाली तथा कार्यालय सञ्चालनसम्बन्धी दक्षता अभिवृद्धि गर्ने कार्यक्रम पनि स्वीकृत गरेको त्रिविले जनाएको छ ।

NepalBeat

NepalBeat

नेपालबीट संवाददाता
लेखकका सबै समाचार

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *