Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
NepalBeat

NepalBeat

नेपालबीट संवाददाता / सम्पादकीय समूह

कुल समाचार: १२३

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक, सुशासन तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

NepalBeat का प्रकाशित समाचारहरू
प्रहरीको कपडा खरिदसम्बन्धी अध्ययन गर्न संसदीय समिति गठन
Breaking News -1

प्रहरीको कपडा खरिदसम्बन्धी अध्ययन गर्न संसदीय समिति गठन

काठमाडौँ । निर्वाचन प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणमा अध्ययन गर्न संसद्को सार्वजनिक लेखा समितिले अध्ययन समिति गठन गरेको छ। शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश […]

आइतबार, १३ भदौ २०८३
छ वर्षदेखि दुई जिल्ला जोड्ने सुनकोशी पुल अलपत्र
Banner News -2

छ वर्षदेखि दुई जिल्ला जोड्ने सुनकोशी पुल अलपत्र

काभ्रे। निर्माण व्यवसायले तोकिएको समयमा काम नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरे स्थिति सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेख अलपत्र तनाव छ । काभ्रेपलाञ्चोकको कोशी पूर्वस्थिति भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा स्तुतिमा पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको दृष्टान्त थियो । निर्माण व्यवसायले पुलको काम नगर्दा भुम्लुका नागरिक सस्ती खेप्नु परेको छ । […]

आइतबार, १३ भदौ २०८३
जेनजी आन्दोलनका थुनुवालाई रिहा गर्न सिफारिस
Banner News -2

जेनजी आन्दोलनका थुनुवालाई रिहा गर्न सिफारिस

काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्थाबारे अध्ययन गरी नीतिगत तथा कानुनी सुझावसहित प्रतिवेदन समितिमा बुझाएको छ। बुधबार बुझाइएको प्रतिवेदनमा २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिहरूमध्ये गम्भीर अपराधमा संलग्न बाहेक अन्यको मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न सिफारिस गरेको छ। उपसमितिले […]

आइतबार, १३ भदौ २०८३
देउवा समूहले आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
Banner News -2

देउवा समूहले आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ। देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता भएको नेता एनपी साउदले जानकारी दिए । पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मङ्सिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ। देउवा […]

आइतबार, १३ भदौ २०८३
दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै सांसद प्रसाईँको आपत्ति
Banner News -1

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै सांसद प्रसाईँको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा हवाई टिकटको मूल्य अत्यधिक बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चाडपर्वका बेला यात्रुको चाप बढ्ने मौका छोपेर एयरलाइन्स कम्पनीहरूले मनपरी भाडा असुल्ने गरेको आरोप लगाए। उनले धनगढीको एकतर्फी हवाई टिकटको मूल्य १६ हजार रुपैयाँसम्म र झापाको भद्रपुरको टिकट १२ […]

आइतबार, १३ भदौ २०८३
अनुपम फुडल्याण्डका सञ्चालक पौडेल पक्राउ
प्रदेश

अनुपम फुडल्याण्डका सञ्चालक पौडेल पक्राउ

काठमाडौँ । अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेल पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पौडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । पौडेल पक्राउ पर्नुको कारणबारे प्रहरीले औपचारिक रूपमा केही बताएको छैन । यद्यपि, उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा म्याद […]

आइतबार, १३ भदौ २०८३
४८ घण्टाभित्र प्रसाईँ पक्राउको कारण पेश गर्न आदेश
Banner News -2

४८ घण्टाभित्र प्रसाईँ पक्राउको कारण पेश गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेश गर्न आदेश दिएको छ । न्यायाधीश हरि फुँयालको इजलासले नेपाल प्रहरीको साइबर ब्यूरोका नाममा कारण देखाउ आदेश जारी गर्दै प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो । अदालतले प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधार र त्यससम्बन्धी विवरणसहित जवाफ पेश गर्न प्रहरीलाई निर्देशन […]

आइतबार, १३ भदौ २०८३
राष्ट्रिय आयुर्वेद अनुसन्धानको अध्यक्षमा घिमिरे नियुक्त
Banner News -2

राष्ट्रिय आयुर्वेद अनुसन्धानको अध्यक्षमा घिमिरे नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अध्यक्षमा डा लक्ष्मी प्रसाद घिमिरेलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै घिमिरेलाई अध्यक्षमा नियुक्त गरेकी हुन्। उनी सिहंदरबार वैद्यखाना विकास समितिका सदस्य रहेका थिए। तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले २०८१ पुस १ गते वैद्यखानाको सदस्यमा नियुक्त गरेका थिए। डा घिमिरे […]

आइतबार, १३ भदौ २०८३
मनाङमा तत्काल अत्यावश्यक काम गरिने छ : मुख्यमन्त्री पाण्डे
गण्डकी

मनाङमा तत्काल अत्यावश्यक काम गरिने छ : मुख्यमन्त्री पाण्डे

मनाङ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङमा तत्काल अत्यावश्यक काम गर्ने बताएका छन्। आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी दिने क्रममा उनले सो धारणा राखेका हुन्। चामे पुगेका मुख्यमन्त्री पाण्डेले बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको […]

आइतबार, १३ भदौ २०८३
चार दिनको वर्षा : पाँच सय ४२ विपद्का घटना
Banner News -2

चार दिनको वर्षा : पाँच सय ४२ विपद्का घटना

काठमाडौँ । पछिल्लो भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटनामा परी २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडिआरआरएमए०का अनुसार असोज ८ देखि ११ गतेसम्मको अवधिमा भएका विपद्का घटनामा चार जना बेपत्ता र आठ जना घाइते भएका छन् । ती विपद्का घटनाबाट एक हजार ८२ परिवार प्रभावित भएका […]

आइतबार, १३ भदौ २०८३