Nepal Beat
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

४८ घण्टाभित्र प्रसाईँ पक्राउको कारण पेश गर्न आदेश

NepalBeat
NepalBeat ५ घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश हरि फुँयालको इजलासले नेपाल प्रहरीको साइबर ब्यूरोका नाममा कारण देखाउ आदेश जारी गर्दै प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो ।

अदालतले प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधार र त्यससम्बन्धी विवरणसहित जवाफ पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ । सोमबार बिहान नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईँलाई घरैबाट पक्राउ गरेको थियो । साइबर ब्युरोका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

जेन-जी शहीद रसिक खतिवडाकी आमा रचनाले प्रसाईँले केही दिनअघि शहीदलाई लिएर सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप लगाएकी थिइन् ।

NepalBeat

NepalBeat

नेपालबिट संवाददाता / स्तम्भकार
लेखकका सबै समाचार

नेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *