पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
NepalBeat
मंगलबार, १३ भदौ २०८३
काठमाडौँ । नदीले सडक कटान गर्दा गलौँदीमा भासिएर अवरुद्ध पृथ्वी राजमार्ग आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ।
धादिङको गजुरी गाउँपालिका ५ गलौदीमा सडक भासिएपछि दशैँमा घर हिँडेकाहरु र यो राजमार्ग हुँदै जानेहरु जान पाएका थिएनन्।
नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ः१० देखि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
भासिएको ठाउँमा माथि कटान गरेर सडक सञ्चालनमा ल्याइएको हो। शुक्रबार साँझ सडकको करिब सय मिटर भाग चर्किनुका साथै २० मिटर खण्ड भासिएको थियो। सडक भासिएपछि राजमार्गमा सवारी साधन सञ्चालन रोकिएकामा अब सवारीसाधन दुईतर्फी रुपमै चल्नथालेका छन्।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।