Banner News -2
घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम
जुम्ला – घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र न्यौपाने प्रथम हुनुभएको छ । स्थानीय चन्दननाथ नगरपालिकाको आयोजना तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयको सह–आयोजना र कर्णाली कला तथा संस्कृति संरक्षण मञ्च जुम्लाको समन्वयमा घोडा दौड प्रतियोगिता भएको हो । यस वर्ष २४ प्रतिस्पर्धी रहेको सो प्रतियोगितामा दिलीप बोहोरा दास्रो र अर्जुन […]
याङवरक पोखरी पर्यटकको आकर्षण
पाँचथर – जिल्लाको याङवरक गाउँपालिका–४ जोरधारामा रहेको याङवरक पोखरीमा पूर्वाधार निर्माण गर्ने कार्य पाँच वर्षमा सम्पन्न भएको छ । पूर्वाधार निर्माण भएसँगै यो पोखरी आन्तरिक पर्यटकको आकर्षणमा परेको छ । धार्मिक र ऐतिहासिक महत्व बोकेको पोखरीमा रु छ करोड ४४ लाख २४ हजारको लागतमा पर्यटकीय पूर्वाधार निर्माण भएका हुन । विगतमा रुखविरुवा, बोझो, जलकुम्भी झार, […]
ठाटीकाँधमा क्याम्पस स्थापना गर्ने विषयमा सर्वपक्षीय अन्तक्रिया
काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकामा क्याम्पस स्थापना गर्ने वा प्राविधिक शिक्षा सञ्चालन गर्ने विषयमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । शनिवार ठाटीकाँध गाउँपालिका १ स्थित श्री कृष्ण माध्यामिक विद्यालयमा सर्वपक्षीय अन्तक्रिया कार्यक्रम गरिएको हो । उच्च शिक्षा हासिल गर्न अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्दै स्थानीय विद्यार्थीलाई आफ्नै गाउँमा अध्ययन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित […]
त्रिविको वार्षिक बजेट बृद्धि, कुन शीर्षकमा कति ?
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो । आज बसेको त्रिवि सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ३० अर्ब ८७ करोड ११ लाख आठ हजारको बजेट विनियोजन गरेको छ । विश्वविद्यालयको ६७ औँ सभामा रजिष्ट्रार डा. रवीन्द्र सिवाकोटीले प्रस्तुत गरेको उक्त […]
सुरक्षा निकायबाट पनि ग्यास बिक्रीको अनुमति दिने तयारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास ९एलपिजी० को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन् । विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा उनले मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट […]
छ वर्षदेखि दुई जिल्ला जोड्ने सुनकोशी पुल अलपत्र
काभ्रे। निर्माण व्यवसायले तोकिएको समयमा काम नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरे स्थिति सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेख अलपत्र तनाव छ । काभ्रेपलाञ्चोकको कोशी पूर्वस्थिति भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा स्तुतिमा पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको दृष्टान्त थियो । निर्माण व्यवसायले पुलको काम नगर्दा भुम्लुका नागरिक सस्ती खेप्नु परेको छ । […]
जेनजी आन्दोलनका थुनुवालाई रिहा गर्न सिफारिस
काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्थाबारे अध्ययन गरी नीतिगत तथा कानुनी सुझावसहित प्रतिवेदन समितिमा बुझाएको छ। बुधबार बुझाइएको प्रतिवेदनमा २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिहरूमध्ये गम्भीर अपराधमा संलग्न बाहेक अन्यको मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न सिफारिस गरेको छ। उपसमितिले […]
देउवा समूहले आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ। देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता भएको नेता एनपी साउदले जानकारी दिए । पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मङ्सिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ। देउवा […]
दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै सांसद प्रसाईँको आपत्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा हवाई टिकटको मूल्य अत्यधिक बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चाडपर्वका बेला यात्रुको चाप बढ्ने मौका छोपेर एयरलाइन्स कम्पनीहरूले मनपरी भाडा असुल्ने गरेको आरोप लगाए। उनले धनगढीको एकतर्फी हवाई टिकटको मूल्य १६ हजार रुपैयाँसम्म र झापाको भद्रपुरको टिकट १२ […]
४८ घण्टाभित्र प्रसाईँ पक्राउको कारण पेश गर्न आदेश
काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेश गर्न आदेश दिएको छ । न्यायाधीश हरि फुँयालको इजलासले नेपाल प्रहरीको साइबर ब्यूरोका नाममा कारण देखाउ आदेश जारी गर्दै प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो । अदालतले प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधार र त्यससम्बन्धी विवरणसहित जवाफ पेश गर्न प्रहरीलाई निर्देशन […]
