Banner News -2
राष्ट्रिय आयुर्वेद अनुसन्धानको अध्यक्षमा घिमिरे नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अध्यक्षमा डा लक्ष्मी प्रसाद घिमिरेलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै घिमिरेलाई अध्यक्षमा नियुक्त गरेकी हुन्। उनी सिहंदरबार वैद्यखाना विकास समितिका सदस्य रहेका थिए। तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले २०८१ पुस १ गते वैद्यखानाको सदस्यमा नियुक्त गरेका थिए। डा घिमिरे […]
चार दिनको वर्षा : पाँच सय ४२ विपद्का घटना
काठमाडौँ । पछिल्लो भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटनामा परी २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडिआरआरएमए०का अनुसार असोज ८ देखि ११ गतेसम्मको अवधिमा भएका विपद्का घटनामा चार जना बेपत्ता र आठ जना घाइते भएका छन् । ती विपद्का घटनाबाट एक हजार ८२ परिवार प्रभावित भएका […]
मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
लमजुङ । ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली । वरिपरि हरियाली पहाड र शान्त वातावरण । लमजुङको क्व्होलासोथार गाउँपालिका–५ स्थित सिङ्दी गाउँ पुग्दा देखिने यिनै दृश्यले यहाँको मौलिक पहिचान झल्काउँछ । प्रकृति, संस्कृति र परम्परागत जीवनशैलीको सङ्गम सिङ्दी पछिल्लो समय ग्रामीण पर्यटनको गन्तव्यका रूपमा विकास हुँदै गएको छ । विगतमा […]
विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । परराष्ट्रमन्त्री खनालले जातीय विभेद, रङ्गभेद, विदेशीविरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन् । दुर्बान घोषणा तथा कार्ययोजनाको २५औँ वार्षिकोत्सवका अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा आयोजित उच्चस्तरीय […]
रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराउन माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद राईले प्राकृतिक प्रकोपपछि सरकार प्रमुखले वहन गर्नुपर्ने जिम्मेवारी र हालसम्म भएका कामकारबाहीका बारेमा जानकारी गराउन आफूले राखेको माग पुरा गर्न सभामुखको ध्यानाकर्षण गराए । उनले हालैको वर्षापछि आएको बाढीरपहिरोका कारण […]
कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी
काठमाडौँ । नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ महाधिवेशन मार्फत देशभरी झण्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन् । पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झण्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए । उनले नेपालका कुनै पार्टीमा एकै पटक […]
कमजोर बन्दै न्यून चापीय प्रणाली
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ । अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव विस्तारै कमजोर बन्दै जाने क्रममा रहेकाले जोखिम पनि घट्दै गइरहेको छ । यही असोज ९ गतेदेखि लगातार वर्षा हुँदा यहाँको जनजीवन प्रभावित भए पनि ठूलो […]
जेठी श्रीमतीबारे हर्कको प्रष्टीकरणः पहिल्यै अलग भएका हौँ, छोरीलाई हेरिरहेको छु
विराटनगर । श्रम-संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुई श्रीमतीको प्रसंगमा सार्वजनिक प्रष्टीकरण दिएका छन् । उनले जेठी श्रीमतीसँग कानूनीरूपमा पहिल्यै अलग भइसकेको बताए । साम्पाङले जेठी पत्नी दिलमाया राईलाई कुटपिट गरी घरबाट निकाला गरेको भन्दै सुनसरी जिल्लामा परेको मुद्दाको फैसला अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दिलमायाले २०७३ असोज ६ गते सुनसरी जिल्ला अदालतमा […]
पूर्वप्रधानन्यायाधीश जबरा रिहा
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज (आइतबार) दिउँसो छाडेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई रिहा गरिएको पुष्टि गरे। उनले भने, ‘उहाँलाई सुरक्षित स्थानतर्फ पठाइसकेका छौँ।’ कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले पूर्वप्रधानन्यायाधीश जबरालाई छोराको जिम्मा लगाइएको बताए। यसअघि अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई शनिबार अबेर […]
राहत र उद्धारमा जुट्न कांग्रेस सभापति थापाको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र राहतमा जुट्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले देशभर भइरहेको अविरल वर्षा र त्यसले निम्त्याएको प्रतिकूल परिस्थितिमा तत्कालका लागि अधिवेशन भन्दा राहत र उद्धार पहिलो प्राथमिकता भएको बताएका छन् । सभापति थापाले लेखेका […]
