रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराउन माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद राईले प्राकृतिक प्रकोपपछि सरकार प्रमुखले वहन गर्नुपर्ने जिम्मेवारी र हालसम्म भएका कामकारबाहीका बारेमा जानकारी गराउन आफूले राखेको माग पुरा गर्न सभामुखको ध्यानाकर्षण गराए ।
उनले हालैको वर्षापछि आएको बाढीरपहिरोका कारण म्याग्दीस्थित सुरुङमा कार्यरत केही बेपत्ता भएकाले सम्पर्कविहीन भएका नागरिकको अवस्था सार्वजनिक गर्न पनि माग गरे ।
फोन सम्पर्क नहुँदा वास्तविक क्षति भएरनभएको स्पष्ट विवरण आउन नसकेको र प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग बुझ्दा पनि त्यहाँका बासिन्दा प्रभावित भएको तर विस्तृत सूचना प्राप्त हुन नसकेको उनले बताए ।
उनले सम्पर्कविहीन नागरिकको अवस्था बुझ्न तथा सूचना आदानप्रदान सहज बनाउन उक्त क्षेत्रमा तत्काल सञ्चार सेवा सुचारु गर्न सरकारको ध्यानाकर्षण गराए ।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।