बागमती
एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा
काठमाडौँ – नेपाल प्रिमियर लिग ९एनपिएल० खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा अन्तरराष्ट्रियस्तरमा बढाएको छ । प्रतियोगिताले नेपाली क्रिकेटको प्रचारसँगै विदेशी खेलाडीको नेपाल आगमन र उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका सामग्रीमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने विश्वास […]
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यले ‘लाइभ फिड’ सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यात्रु आगमन कक्षमा लगेज संकलन क्षेत्रमा लाइभ फिड सुरु गरिएको हो । यो सेवाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष […]
तीव्र गतिमा भरिँदै कुलेखानी जलाशय
काठमाडौँ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह निरन्तर बढिरहेको छ। पछिल्लो जानकारीअनुसार जलाशयको पानीको सतह बढेर १५२८.२५ मिटर पुगेको छ। जलाधार क्षेत्रमा भइरहेको निरन्तर भारी वर्षाका कारण जलाशयमा पानीको सतह बढ्ने क्रम जारी छ। जलाशयको सतह १५२८।५० मिटर पुगेपछि पहिलो सुरक्षा साइरन बजाइने भएको छ। हालको जलसतह र साइरन बजाउने तहबीच २५ सेन्टिमिटर […]
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
काठमाडौँ – बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या […]
बुढीगण्डकी बाढीले ७२ घरसहित १३२ संरचनामा क्षति
काठमाडौँ । बुढीगण्डकी बाढीबाट पाँच जना सम्पर्कविहीन बनेका छन् भने १३२ वटा भौतिक संरचनामा क्षति पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आइतबार साँझ ६ बजेसम्म १३२ संरचना क्षति पुगेको विवरण प्राप्त भएको छ। बाढीले दुई वटा पक्की पुल, दुई वटा झोलुंगे पुल, तीन वटा जलविद्युत् आयोजना र चार वटा हवन कुण्डमा […]
गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु
काठमाडौँ । सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु भएको छ । उक्त अस्पतालबाट गाउँपालिकाभित्रका अतिरिक्त रामेछाप र ओखलढुङ्गाको सुनकोशी क्षेत्रका बिरामीलाई आधारभूत तथा आकस्मिक स्वाथ्य सेवा उपलब्ध हुँदै आएको छ । अस्पतालमा उक्त सेवा सुरु भएसँगै त्यस क्षेत्रको मध्यपहाडी राजमार्ग र सुनकोशी गड्तिर क्षेत्रमा हुने प्राकृतिक विपद् तथा आकस्मिक दुर्घटनाका घटनापछि शव […]
छ वर्षदेखि दुई जिल्ला जोड्ने सुनकोशी पुल अलपत्र
काभ्रे। निर्माण व्यवसायले तोकिएको समयमा काम नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरे स्थिति सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेख अलपत्र तनाव छ । काभ्रेपलाञ्चोकको कोशी पूर्वस्थिति भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा स्तुतिमा पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको दृष्टान्त थियो । निर्माण व्यवसायले पुलको काम नगर्दा भुम्लुका नागरिक सस्ती खेप्नु परेको छ । […]
सिमलतालमा त्रिशूलीको कटानले सडक भासियो
चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा आज बिहान त्रिशूली नदीको कटानका कारण सडकको एक भाग भासिएर सडक अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरका अनुसार त्रिशूली नदीको तीव्र बहावले सडकको लगभग आधा भाग काटेर बगाएको छ । जसका कारण सो स्थानमा सडक एकतर्फी रुपमा अवरुद्ध भएको हो । डिभिजनले सूचना जारी गरि सडक भासिएको […]
नारायणीमा जलसतह खतराको तहभन्दा माथि
चितवन । भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको छ । जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । त्यस्तै, चितवनको बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४ दशमलव ६२ मिटर पुगेको छ । रिउ खोलामा ३ दशमलव ४० मिटर चेतावनी तह र ३ दशमलव ८० मिटर खतराको […]
