मुख्य समाचार
पहाडी संस्कृति जोगाउन बुटवलमा सराय नाच
बुटवल – पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको प्रतीक मानिने ऐतिहासिक सराय नाच बुटवलमा प्रदर्शन गरिएको छ । अर्घाखाँची, गुल्मी र पाल्पाबाट बसाइँसराइ गरी बुटवलमा बसोबास गर्दै आएका स्थानीयले गाउँघरको सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले सोमबार बुटवल उपमहानगरपालिका–देवीनगरस्थित वाणिज्य क्याम्पस परिसरमा बृहत् सराय नाच प्रदर्शन गरेका हुन् । ‘बुझौँ हामीले रीतिथिति, जोगाऔँ हाम्रो संस्कृति’ भन्ने […]
धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल
म्याग्दी – कर्मले नै परिचय दिन्छ। सत्कर्म गर्दै जाँदा त्यसबाट अपेक्षित फल प्राप्त हुन्छ। नामसँगै दाम पनि प्राप्त हुन्छ। यस्तै भएको छ म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जाका कृष्णलाल सापकोटालाई। जिल्लामा उनले नमुना किसानको पहिचान बनाएका छन्। बरञ्जाको महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सापकोटाले धानखेती हुने खेतमा कागतीखेती विस्तार गरेका छन्। सापकोटा सञ्चालक रहेको सापकोटा सुन्तला फार्ममार्फत १२ […]
एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए
कास्की – गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक रहेका छन्। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष दुई हजार ४१६ पर्यटक बढी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए। गत […]
गोली प्रहारले बलिउड अभिनेता टाइगर श्राफ पनि घाइते
काठमाडौँ – गोली प्रहार गरिएका तर बच्न सफल बलिउड अभिनेता टाइगर श्राफलाई घटनालगत्तै आइतबार राति महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले भेट गरेका छन्। गम्भीर घटना भन्दै उपमुख्यमन्त्री एकनाथ शिन्देले राज्य सरकार टाइगर श्राफको साथमा रहेको बताए। भेटपछि पत्रकारसँग कुरा गर्दै उपमुख्यमन्त्री एकनाथ शिन्देले भने, ‘टाइगर श्राफमाथि भएको गोली प्रहार गम्भीर घटना हो। उनी आक्रमणबाट बच्न सफल […]
दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक
दाङ – दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक छ। दसैँ नजिकिएसँगै जिल्लाका थारू बस्तीमा परम्परागत सख्या पैयाँ नाचको रौनक बढेको हो। दसैँ आउन दुई साता अगाडिदेखि सुरु गरेर बडादसैँ नसिकदासम्म सामूहिक रूपमा गाउँमा सख्या पैयाँ नाच्ने परम्परा रहेको छ। घोराही उपमहानगरपालिका–१७ ओखरामा गत असोज १२ गतेदेखि नै यो नाच सुरु भएको सोही […]
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
लमजुङ – हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातो माटोले घर पोतेको भेटिन्छ । विगतमा दसैँ नजिकिएसँगै रातो माटो र कमेरोले घर पोत्दा गाउँ बस्ती नै रङ्गिन र चहलपहलपूर्ण देखिन्थे परम्परागत शैलीमा घर पोत्ने चलन अहिले लगभग लोप भइसकेको छ । सिमेन्टले प्लास्टर गरिएका र आधुनिक रङ […]
घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम
जुम्ला – घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र न्यौपाने प्रथम हुनुभएको छ । स्थानीय चन्दननाथ नगरपालिकाको आयोजना तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयको सह–आयोजना र कर्णाली कला तथा संस्कृति संरक्षण मञ्च जुम्लाको समन्वयमा घोडा दौड प्रतियोगिता भएको हो । यस वर्ष २४ प्रतिस्पर्धी रहेको सो प्रतियोगितामा दिलीप बोहोरा दास्रो र अर्जुन […]
लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग
नवलपुर – दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–२ को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिङ्गे पिङ राख्नका लागि आर्थिक सहयोग गर्ने भएको हो । नगरपालिकाले अन्य वडालाई पनि सोही अनुसारको सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । वडाध्यक्ष प्रकाश सापकोटाले लोप हुन […]
दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त
बाजुरा – दसैँ सुरु भएसँगै बाजुराको सदरमुकामसहित विभिन्न बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ । विभिन्न कामकाजका लागि बाहिरिएका गाउँ फर्कने तथा दसैँका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार आउन थालेपछि चहलपहल झन् बढ्न थालेको हो । विशेषगरी सदरमुकाम मार्तडीसहित कोल्टी, बाम्का, पिलुचौर, बेतालमाण्डौ, धुलाचौरलगायत जिल्लाका विभिन्न बजारमा व्यापारिक गतिविधि बढेको छ । […]
याङवरक पोखरी पर्यटकको आकर्षण
पाँचथर – जिल्लाको याङवरक गाउँपालिका–४ जोरधारामा रहेको याङवरक पोखरीमा पूर्वाधार निर्माण गर्ने कार्य पाँच वर्षमा सम्पन्न भएको छ । पूर्वाधार निर्माण भएसँगै यो पोखरी आन्तरिक पर्यटकको आकर्षणमा परेको छ । धार्मिक र ऐतिहासिक महत्व बोकेको पोखरीमा रु छ करोड ४४ लाख २४ हजारको लागतमा पर्यटकीय पूर्वाधार निर्माण भएका हुन । विगतमा रुखविरुवा, बोझो, जलकुम्भी झार, […]
