बिहीबार, १३ भदौ २०८३ (बि.सं.) |
NepalBeat.com © 2026. सर्वाधिकार सुरक्षित।

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

डोल्पा । नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज बिहीबार बिहान अवतरणका क्रममा दुर्घटनामा परेको छ।

एन-एजेएच कलसाइन रहेको उक्त जहाजको पछाडिपट्टि दायाँतर्फको टायर फुस्किँदा धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

बिहान ८: २५ बजे अवतरण गर्ने क्रममा दुर्घटना भएको जहाजमा ७ जना विदेशीसहित १३ जना यात्रु सवार थिए। दुर्घटनामा परेका सबै यात्रु तथा चालक दलका सदस्यहरू सकुशल रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल गिरीले जानकारी दिएका छन्।

जहाज धावनमार्गमै रोकिएका कारण अहिले जुफाल विमानस्थलमा अन्य जहाजको अवतरण तथा उडान ठप्प भएको छ।

 

NepalBeat

NepalBeat

नेपालबिट संवाददाता / स्तम्भकार
लेखकका सबै समाचार

नेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *