Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।
गृहपृष्ठ / राजनीति
नेपालबीट विशेष बिट

राजनीति

समाचार सूची (News Archive View)
विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री
राजनीति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । परराष्ट्रमन्त्री खनालले जातीय विभेद, रङ्गभेद, विदेशीविरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन् । दुर्बान घोषणा तथा कार्ययोजनाको २५औँ वार्षिकोत्सवका अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा आयोजित उच्चस्तरीय […]

सोमबार, १३ भदौ २०८३
राहत र उद्धारमा जुट्न कांग्रेस सभापति थापाको निर्देशन
राजनीति

राहत र उद्धारमा जुट्न कांग्रेस सभापति थापाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र राहतमा जुट्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले देशभर भइरहेको अविरल वर्षा र त्यसले निम्त्याएको प्रतिकूल परिस्थितिमा तत्कालका लागि अधिवेशन भन्दा राहत र उद्धार पहिलो प्राथमिकता भएको बताएका छन् । सभापति थापाले लेखेका […]

सोमबार, १३ भदौ २०८३
वडाध्यक्ष बिष्टले किन छाडे एमाले ? यस्तो छ कारण
राजनीति

वडाध्यक्ष बिष्टले किन छाडे एमाले ? यस्तो छ कारण

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडा अध्यक्ष बिनोदसिंह बिष्टले एमालेसँगको २६ वर्ष लामो राजनीतिक यात्रा टुंग्याउँदै पार्टीबाट अलग भएको घोषणा गरेका छन्। एमालेबाट निर्वाचित वडा अध्यक्ष बिष्टले पार्टी नेतृत्व जनमुखी हुन नसकेको, नेतृत्व हस्तान्तरण नगरेको र नयाँ जनमतलाई कदर नगरेको आरोप लगाएका छन् । जनप्रतिनिधिका रूपमा काम गरिरहेको अवस्थामा आफ्नै पार्टी नेतृत्वबाट असहयोग हुने गरेको […]

सोमबार, १३ भदौ २०८३
कांग्रेसको क्षेत्रीय अधिवेशन गर्ने समय थप
राजनीति

कांग्रेसको क्षेत्रीय अधिवेशन गर्ने समय थप

काठमाडौँ । नेपाली कांग्रेसले क्षेत्रीय अधिवेशनका लागि १० गतेदेखि १३ गतेसम्म गर्ने गरी कार्यतालिकामा संशोधन गरेको छ। कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत निर्धारित समयमा वडा र पालिका अधिवेशन सम्पन्न नभएपछि प्रदेश(प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको समय तीन दिन थपेको हो। ‘क्षेत्रीय अधिवेशनका तीन दिनको समय दिने निर्णय भएको छ,’ कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले भने, ‘मौसम […]

सोमबार, १३ भदौ २०८३
रास्वपाले तोक्यो सांसदको उपस्थिति तालिका
राजनीति

रास्वपाले तोक्यो सांसदको उपस्थिति तालिका

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ । मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार समूहका आधारमा आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने छ । समूह निर्धारण नगरिएका सांसद पनि संसद् बैठकमा उपस्थित […]

सोमबार, १३ भदौ २०८३
राप्रपाले सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै
राजनीति

राप्रपाले सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको छ। राप्रपाले आगामी असोज २१ गते एकैदिन सातवटै प्रदेशको अधिवेशन गर्ने मिति तय गरेको छ। मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ। भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको राप्रपाले सो […]

सोमबार, १३ भदौ २०८३
५८ जिल्लाका ५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरु
राजनीति

५८ जिल्लाका ५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत अहिले देशभरका विभिन्न जिल्लामा पालिकास्तरीय अधिवेशनहरू सुरु भएका छन् । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार हालसम्म ५८ जिल्लाका ५१२ वटा पालिकामा अधिवेशनको प्रक्रिया अघि बढेको छ। सदस्यसचिव कटुवालले वडा अधिवेशनको तुलनामा पालिका अधिवेशन केही जटिल र समय लाग्ने खालको भएको बताए । उनले भने– ‘वडा अधिवेशन […]

सोमबार, १३ भदौ २०८३
कर्णालीका स्थानीय तहद्वारा नयाँ विकास नीति सार्वजनिक: उत्पादन र कृषिमा आधारित अनुदान योजना लागू
राजनीति

कर्णालीका स्थानीय तहद्वारा नयाँ विकास नीति सार्वजनिक: उत्पादन र कृषिमा आधारित अनुदान योजना लागू

प्रदेश सरकार र स्थानीय पालिकाहरूको संयुक्त प्रयासमा बाँझो जमिन उपयोग गरी अर्गानिक खेती गर्ने किसानहरूलाई सिधै बैंक खातामा प्रोत्साहन रकम उपलब्ध गराइने भएको छ।

सोमबार, १३ भदौ २०८३
BeatCast Ep 42: उहाँले जीवनमा भोगेको त्यो एउटा घटना — जसले पूरा गाउँको मुहार फेरिदियो
राजनीति

BeatCast Ep 42: उहाँले जीवनमा भोगेको त्यो एउटा घटना — जसले पूरा गाउँको मुहार फेरिदियो

लुकेका कथा Episode 42: समाज सुधारक र परोपकारी व्यक्तित्वसँगको विशेष संवाद र अनुभव समेटिएको अडियो पडकास्ट।

सोमबार, १३ भदौ २०८३