रोशी खोलामा फस्यो यात्रुवाहक बस , स्थानीयले गरे उद्धार
काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा एक यात्रुवाहक बस खोलाको बीचमै फसेपछि ठूलो दुर्घटनाबाट जोगिएको छ।
कटुन्जेबाट थानसिंहसतर्फ जाने भित्री सडक खण्डअन्तर्गत खरिबोटमा खोला तर्दै गर्दा बस एक्कासि अनियन्त्रित भई खोलाको बीचमै अड्किएको हो। बहाव उच्च रहेको खोलामा बस कोल्टे परेपछि यात्रुहरू आतंकित बनेका थिए।
घटनालगत्तै खटिएका स्थानीय बासिन्दाको तदारुकता र सहयोगमा बसमा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ। खोलामा फसेको बसलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।