प्रधानमन्त्री शाहले मोदीलाई दिए रुद्राक्षको माला र पशुपतिको चन्दन
NepalBeat
सोमबार, १३ भदौ २०८३
काठमाडौँ – दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथको चन्दन प्रसादस्वरुप उपहार प्रदान गरेका छन् ।
सोमबार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विशेष बाकसमा रुद्राक्षको माला उपहार दिएका हुन् । साथै, पशुपतिनाथको मन्दिरबाट लगिएको चन्दन पनि बाकसमा राखेर हस्तान्तरण गरेका छन् । त्यसक्रममा मोदीले बालेनलाई विशेष घडामा गंगाजल उपहार प्रदान गरे । लगत्तै मोदी–बालेनसहित दुईपक्षीय भेटवार्ता सुरु भएको छ ।
NepalBeat
नेपालबीट संवाददातानेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।