Nepal Beat
Login
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि

NepalBeat
NepalBeat मंगलबार, १३ भदौ २०८३

काठमाडौँ –  दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछ । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेल आजदेखि नै सुरु हुन लागेको हो ।

आजदेखि पाँच खेलको प्रतिस्पर्धा सुरू हुनेछ । महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल हुन लागेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन् ।

बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने भएको छ ।

दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३ सय ८४ इभेन्ट्समा १ हजार ३ सय ३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मंसिर २७ गते समापन हुने तय भएको छ ।

NepalBeat

NepalBeat

नेपालबीट संवाददाता
लेखकका सबै समाचार

नेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *