आज काठमाडौँसहित यी ६५ जिल्लामा बाढीको सम्भावना
काठमाडौँ । आज (बिहीबार) बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
तर वर्षासँगै ती नदीको बहाब बढ्दै जाने सम्भावना रहेको बाढी महाशाखाले जानकारी दिएको छ। यसैगरी आज काठमाडौँसहित ६५ जिल्ला र यस आसपासका अन्य ससाना नदीमा पनि बाढीको बहाब उल्लेख्य बढ्ने र जोखिम निम्तिने सम्भावना छ।
बाढी महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुगां, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर , रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम, रूपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालीकोट र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
साथै पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको बाढी महाशाखाले जानकारी दिएको छ।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।