ठाँटीकाँधको मुकाममै होटलवालाको लापरबाही : सडकमा बियरका बोतल, दुर्घटनाको जोखिम
NepalBeat
बिहीबार, १३ भदौ २०८३
ठाँटीकाँध – दैलेखको ठाँटीकाँध गाउँपालिकाको मुकाममा होटल सञ्चालकको लापरबाहीका कारण सडक असुरक्षित बन्दै गएको छ। होटलबाट निस्किएका बियरका खाली बोतल सडकमा जथाभावी फालिँदा पैदलयात्री तथा यातायातका साधन जोखिममा परेका छन्।
सडकमा छरिएका बियरका बोतलले पैदल हिँड्ने सर्वसाधारणलाई असहज बनाउनुका साथै सवारीसाधनको आवागमनमा समेत जोखिम निम्त्याएको छ। बोतल फुटेर सडकमा सिसाका टुक्रा छरिएमा पैदलयात्री तथा सवारी चालक घाइते हुन सक्ने खतरा छ।
NepalBeat
नेपालबीट संवाददातानेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।