सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
काठमाडौँ – नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ ।
एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग ९युएन इस्क्याप०को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिँदै पछाडि पारिएका समुदायलाई विकास प्रक्रियामा सहभागी गराउनुका साथै विकासको प्रतिफलमा उनीहरूको पहुँच सुनिश्चित गर्नुपर्ने बताए ।
शुक्रबार भएको अधिवेशनमा उनले राष्ट्रिय रोजगार नीति र राष्ट्रिय औद्योगिक नीतिको पुनरावलोकनलगायत नेपालको नीतिगत सुधारका प्रमुख प्रयासबारे जानकारी गराउनुभएको ब्याङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ ।
NepalBeat
नेपालबीट संवाददातानेपालबीटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।