दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै सांसद प्रसाईँको आपत्ति
NepalBeat
५ घण्टा अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा हवाई टिकटको मूल्य अत्यधिक बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चाडपर्वका बेला यात्रुको चाप बढ्ने मौका छोपेर एयरलाइन्स कम्पनीहरूले मनपरी भाडा असुल्ने गरेको आरोप लगाए।
उनले धनगढीको एकतर्फी हवाई टिकटको मूल्य १६ हजार रुपैयाँसम्म र झापाको भद्रपुरको टिकट १२ हजार रुपैयाँसम्म पुगेको बताए। सांसद प्रसाईँले हवाई टिकटमा कालोबजारी भइरहेको दाबी गर्दै सरकारलाई प्रभावकारी अनुगमन गर्न आग्रह गरे।
NepalBeat
नेपालबिट संवाददाता / स्तम्भकारनेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)
सभ्य र मर्यादित प्रतिक्रियाको अपेक्षा गर्दछौँ।