Nepal Beat
Nepal Beat © 2026. सर्वाधिकार सुरक्षित।

राष्ट्रिय आयुर्वेद अनुसन्धानको अध्यक्षमा घिमिरे नियुक्त

NepalBeat
NepalBeat बिहीबार, १३ भदौ २०८३

काठमाडौँ । सरकारले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अध्यक्षमा डा लक्ष्मी प्रसाद घिमिरेलाई नियुक्त गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै घिमिरेलाई अध्यक्षमा नियुक्त गरेकी हुन्।

उनी सिहंदरबार वैद्यखाना विकास समितिका सदस्य रहेका थिए। तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले २०८१ पुस १ गते वैद्यखानाको सदस्यमा नियुक्त गरेका थिए।

डा घिमिरे सरकारलले गत वैशाखमा ल्याएको अध्यादेश मार्फत पदमुक्त भएका थिए।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट आयुर्वेद चिकित्सा तथा सल्यचिकित्सा (बीएएमएस) र बंगलादेशको ढाका स्थित नर्दन विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर (एमपीएच) गरेका छन्।

NepalBeat

NepalBeat

नेपालबिट संवाददाता / स्तम्भकार
लेखकका सबै समाचार

नेपालबिटको खोजमूलक, राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर स्थलगत रिपोर्टिङ र तथ्यपरक समाचार विश्लेषण।

पाठक प्रतिक्रिया (०)

प्रतिक्रिया पठाउनुहोस्

Your email address will not be published. Required fields are marked *