काठमाडौं, ६ भदौ। साफ यू-२० च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो ३ बजे खेल सुरू हुनेछ बिहिबारको खेल जितेको खण्डमा नेपाल समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ।

 

उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १-० ले पराजित गरेको थियो। नेपाल, बंगलादेश र श्रीलंका रहेको समूह ‘ए’ बाट श्रीलंकालाई हराउँदै नेपाल र बंगलादेशले दुवै टोलीले सेमिफाइनल स्थान सुरक्षित गरेका थिए।

 

उता समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन्। भारत र भुटानले एक/एक खेल जितेर सेमिफाइनल प्रवेश गरिसकेका छन्। शुक्रबार भारत र माल्दिभ्सबीचको खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ।

 

प्रतियोगिताको सेमिफाइनल खेल आगामी आइतबार र सोमबार हुनेछ भने फाइनल खेल बुधबार हुनेछ।

प्रतिक्रिया