काठमाडौं, ३० साउन। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ ।

 

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका हुन्।

 

यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए।

प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा पेस भई छलफल हुनेछ। त्यहाँबाट पारित भएपछि पुन: प्रतिनिधि सभामा आउँछ र सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ।

 

राष्ट्रपतिबाट अनुमोदन भएपछि यसले कानुनको रूप लिनेछ।

प्रतिक्रिया