काठमाडौं, २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा बुधवार हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी जान उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो ।
हेलिकप्टरमा सवार पाइलट अरुण मल्लसँगै अन्य ४ जना चिनियाँ नागरिकको घटनास्थलमा नै मृत्यु भएको र पाँचै जनाको शव दुर्घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया