काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। पछिल्ला केहि दिन लगातार बढेसँगै सुनको मूल्यले नेपाली बजारमा रेकर्ड कायम गरेको हो।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ७ सय रुपैयाँ वृद्धि भएको छ। जसपश्चात छापावाल सुनको मूल्यमा प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ पुगेको छ।
तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने आज घटेको छ। आज नेपाली बजारमा चाँदीको मूल्य २५ रुपैंयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।