काठमाडौं, ३१ साउन। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध हत्या आरोपमा मुद्दा दर्ता भएको छ। विद्यार्थीहरूको आन्दोलनका क्रममा जुलाई १९ मा सुरक्षाकर्मीको गोली लागेर ढाका डिग्री कलेजका विद्यार्थी इस्लाम रोजनको मृत्यु भएको थियो।

 

इस्लामका दाइ मोहम्मद राजिवले हसिनासहित अन्य २३ जनाविरूद्ध बुधबार ढाकाको अदालतमा हत्याको मुद्दा दायर गरेका हुन्। हसिनासहित पूर्वगृहमन्त्री असदुज्जमन खान, अवामी लिगका पूर्व महासचिव ओबेदल कादर, पूर्व कानुनमन्त्री अनिसुल हक, पूर्व प्रहरी महानिरीक्षक चौधरी अबदुल्लाह अल मामुन, ढाकाका पूर्व प्रहरी प्रमुख लगायत २३ जनालाई प्रतिवादी बनाइएको छ। यो हसिनाविरूद्ध हत्याको आरोप लगाउँदै दर्ता भएको दोस्रो मुद्दा हो।

 

यसअघि मंगलबार हसिनाविरूद्ध हत्याको मुद्दा दायर भएको थियो। आरक्षण सुधारको माग गर्दै जुलाई १९ मै ढाकाको मोहम्मदपुर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर अबु सैयदको मृत्यु भएको थियो। यस घटनामा हसिनासहित अन्य पाँच जनाविरूद्ध अबु सैयदका आफन्तले मुद्दा दर्ता गरेका थिए।‍

प्रतिक्रिया