काठमाडौं, २३ साउन। सरकारले नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ।

दुर्घटना पश्चात बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो । आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिनमा प्रतिवेदन तयार पार्न समय दिइएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

 

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर बुधवार नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा दुर्घटना हुँदा पाइलट र चिनियाँ नागरिक ४ जना गरी ५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया