काठमाडौं, २३ साउन । नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भई शिवपुरी गाउँपालिका वडा नं. ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ ।’ दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दार कार्यका लागि प्रभु हेलिकप्टरको अर्को हेलिकप्टर दुर्घटनास्थलतर्फ पठाइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर बुधवार नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । हेलिकप्टरमा पाइलटसहित अन्य ४ जना यात्रु चिनियाँ नागरिक रहेका बताइएको छ ।

प्रतिक्रिया